इलाम मालपोतमा दिनभर चलेन नेट

दोधारमा नागरिक

  भगीरथ भण्डारी

 1142 पटक हेरिएको

इलाम । सूर्योदय नगरपालिका ८ कि पम्फा खालिङ जग्गा नामसारिको लागि आएकी थिइन । कोरोना संक्रमणको कारण भएको लकडाउनले सार्वजनिक यातायात नचल्दा गाडि रिजर्भ गरेर आउनुपर्ने मालपोत आएकि उनि नेट नचलेको कारण मालपोतमा काम हुन सकेन । कम नभएपछि उनि घर जानु कि बस्नु दोधारमा थिईन । जाउँ भने इन्टारनेट चलिसक्दा काम हुने बसौ भने इन्टारनेट चल्ने कि नचल्ने कुनै छाँटै थिएन ।

इलाम नगरपालिका ७ का याम चाँपागाई पनि जग्गा रोक्का र फूकुवाका लागि मालपोतमा पर्खेर बसेका थिए । १० बजे नै कार्यलय पुगेका चापागाँईको रोक्का त भयो तर फूकुवा भने हुन सकेन । जसको कारण हो नेट नचलेर । उनीपनि नेट आछकि भन्ने आशमा पर्खेर बसिरहेका थिए । उनीहरु केहि प्रतिनिधि पात्र मात्र हुन तर मालपोत कार्यलय इलाममा आईतबार धेरै जना कुनै काम बिना नै पर्खेर बसिरहेका थिए ।

उनीहरु सर्बैको पर्खाई भनेको नेट कतिबेला चल्छ र काम हुन्छ भन्ने । मालपोत कार्यालय इलाममा नेटको समस्याले सेवाग्रहीलाई समस्या भएको छ । आइतबार बिहान १०ः३० देखि नेट नचल्दा सेवाग्रहिलाई समस्या भएको हो । मालपोतमा नेट नचलेको कारण बर्खाको समयमा गाउँबाट आएका सेवा ग्राहीलाई समस्या भएको छ । घरको हरेक कामको व्यवस्था मिलाएर एकैदिनमा काम सक्छु भनेर मालपोत आएका सेवाग्राही दिनभर काम नभएपछि निरास बन्दै घर जाने कि बस्ने भन्ने दोधारमा रहेका थिए ।

मालपोत कार्यालय इलामका कार्यालय प्रमुख केशव प्रसाद ढकालले कार्यालयमा बिहान साडे १० बाट इन्टारनेट चलेको छैन । उनले भने “ हाम्रो कार्यलयमा कुनै समस्या छैन तर हाम्रोमा जडान गरेको इन्टारनेट हो त्यो चलेको छैन तर इन्टरनेट चलिरहेको छ भन्दै सेवा ग्रहिले हामिलाई गालि पनि गरे, तर मालपोत कार्यलयको सरवर चलाउने इन्टरनेट होईन इन्टारनेट भएको कारण बाहिर इन्टरनेट चलेपनि कार्यलयमा समस्या भएको हो ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार