पोखरीमा डुबेर नाबालिकाको मृत्यु

मृत्यु

  सरलपाटी सम्वाददाता

 486 पटक हेरिएको

इलाम । पोखरीमा डुबेर एक नाबालिकाको मृत्यु भएको छ । इलामको माइनगरपालिका–२ की सबनम राईको पोखरीमा डुबेर आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

बिनोद राईको १३ महिनाकी छोरी सबनम घर छेउमा रहेको पोखरीमा डुबेकी थिइन् । आज दिउसो १२ बजेको समयमा खेल्ने क्रममा अचानक चिप्लिएर उनी पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी लालध्वज सुबेदीले जानकारी दिए ।

उनका अनुसार, पोखरीमा डुबेर घाइते भएकी उनलाई उपचारका लागि भद्रपुर लादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार