माङसेबुङ गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीसँग कोरोना संक्रमण र नियन्त्रणकाबारेमा पालिकाको योजना तथा गतिविधिकाबारेमा केन्द्रित भई भगीरथ भण्डारीले गरेको कुराकानीको एक अंश ******
# तपाईको स्थानीय तहमा कोरोना संक्रमणको अवस्था कस्तो छ ?
चिनबाट शुरु भएको कोरोना संक्रमण भाईरसले अहिले विश्वलाई नै त्रसित बनाई रहेको छ । अहिले नेपालमा पनि दिन प्रतिदिन संक्रमण फैलिरहेको छ । नेपालमा संक्रमण देखिन थालेसँगै शुरु देखि नै संयमित रहिरहेको हुँदा अहिलेसम्म हाम्रो पालिकामा संक्रमण देखिएको छैन ।
# कोरोना संक्रमण रोक्न के कस्ता उपाय अपनाउनु भएको छ ?
बाहिरबाट आउनेलाई कडाई गरिरहेका छौ । सार्वजनिक स्थल कार्यलयमा जाँदा सामाजिक दुरी कायम गर्ने प्रहरीको सहयोग मार्फत कडाई भईरहेको छ । सेनिटाईजर र माक्स साथै साबुन पानीको प्रयोग अनिवार्य गर्ने गरेका छौ । अहिले गाउँपालिकामा भएका सूरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीको श्वाब संकलन गर्न थालेका छौ । यसको नतिजा अनुसार समुदायमा पनि श्वाब परीक्षण गर्ने तयारी गरेका छौ ।
# कोरोना संक्रमण रोक्न स्थानिय नागरिकले के के कार्य गरिदेओस् भन्ने अपेक्षा छ ?
यसका लागि सबै भन्दा बढी सचेत भनेको समुदाय नै हो । तिनै तहले तोकेको मापदण्ड समुदायमा पालना गर्ने हो भने संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ । काम विशेष बाहेक एक अर्का घरमा आवत जावत नगर्ने र गर्नै पर्ने भए तोकिएको मापदण्डमा रहेर मात्र जाने गर्नु होस् । यदि कसैलाई लक्षण देखा परे नियन्त्रणको लागि जानकारी दिन पनि अनुरोध गर्दछौ ।
अहिले जिल्लाका विभिन्न स्थानमा संक्रमण देखिएको हुँदा उक्त क्षेत्रबाट यस पालिकामा आउनु भएको छ भने पनि जानकारी गराईदिनु होला । यदि उहाँलाई संक्रमण रहेछ भने समुृदायमा संक्रमण फैलन सहयोग गर्नेछ ।
# कोरोना संक्रमण नियन्त्रणका लागी केन्द्रिय सरकारबाट कस्तो सहयोग पाउनु भएको छ ?
केन्द्रिय सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि हाम्रो पालिकामा सहयोग गरेको छैन । प्रदेश सरकारबाट पाँच लाख रुपैयाँ पठाएको छ ।
# कोरोना संक्रमण नियन्त्रणका लागी केन्द्रिय सरकारले चाल्नु पर्ने कदम के के छन् ?
अहिलेसम्म क्वारेन्टाईनको समस्या रहिरहेको छ । विदेशबाट आउनेहरुलाई अन्य पालिकासँग समन्वय गरेर क्वारेन्टाईनमा राख्ने गरेका छौँ । भौगोलिक अवस्था र मौसममा आएको खराबीका कारण क्वारेन्टाईन व्यवस्थापनमा समस्या छ ।
यसका लागी केन्दीय सरकारले चाँडो भन्दा चाँडो पहल गर्नु पर्ने देखिन्छ । शुरुमा नेपालमा समुदायबाट संक्रमण नदेखिएको र विदेशदेखि आउनेहरुमा संक्रमण भएको हुँदा बाहिरबाट नेपाल भित्रनेहरुलाई केन्द्रीय सरकारले शुरुमै व्यवस्थापन गर्नु पर्ने थियो त्यो हुन सकेन । अझै पनि अन्तर जिल्ला आवतजावतलाई रोक्ने हो भने पनि समुदायमा संक्रमण नियन्त्रण गर्न सकिन्छ ।