इलाम । बाल दिवसको अवसर पारेर एक नम्बर प्रदेश स्तरीय भर्चुअल बक्तृत्वकला प्रतियोगीता आयोजना गरिने भएको छ । मानव अधिकार मञ्च नेपाल इलामले १४ वटै जिल्लामा सञ्चालन गरिरहेको बाल संरक्षणको लागि एक्यवद्धता परियोजना मार्फत ‘कोरोना भाइरस (कोभिड–१९) ले बालबालिकामा पारेको असर र सरोकारवालाको भूमिका’ भन्ने विषयमा प्रदेश स्तरीय बक्तृत्वकला आयोजना गरिएको हो ।
भदौ २९ गते हुने प्रदेश स्तरीय प्रतियोगीताको लागि जिल्ला स्तरमा प्रतियोगी छनोटको काम भइसकेको छ । जिल्लामा उत्कृष्ठ ठहरीका विद्यार्थी प्रदेश स्तरको प्रतियोगीतामा भाग लिनेछन् । जिल्ला स्तरीय प्रतियोगीतामा दुईसय आठ जना विद्यार्थी सहभागी भएको मानव अधिकार मञ्चले जानकारी दिएको छ । प्रतियोगीताको विजेताले १५ हजार, दोस्रोले दश हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ नगद पाउनेछन् । जुम एपको प्रयोग गरेर हुने प्रतियोगीताको प्रमुख अतिथि एक नम्बर प्रदेशका मुुख्यमन्त्री शेरधन राई हुने बाल संरक्षणको लागि ऐक्यवद्धता परियोजना कार्यक्रम संयोजक रुद्र थेवेले जानकारी दिए ।
कोरोनाको माहामारी शुरु भएपछि विद्यालय बन्द हुँदा उनीहरु घरैमा बस्न बाध्य छन् । यसबीचमा उनीहरुले भोगेको समस्या सरकारसम्म पु¥याउन यस्तो कार्यक्रमको आयोजना गरिएको मानव अधिकार मञ्चका अध्यक्ष मोहनसिङ थेवेले बताए । ‘बालबालिकालाई यो बेलामा परेको समस्या उनीहरुकै मुखबाट सरकारलाई सुनाउनको यस्तो कार्यक्रम गरिएको हो’, थेवेले भने ।
जिल्लामा प्रथम भएकाले एक हजार पाँच सय, दोस्रो भएकाले एक हजार र तेस्रो भएकाले पाँचसय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रविधिको प्रयोग गरिएर भएको प्रतिष्पर्धाले विद्यार्थीको प्रतिभा निकाल्न सहयोग पुग्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगूले बताए । विद्यालय जान नपाएर समस्यामा परेका विद्यार्थीलाई कार्यक्रम राहात हुने पत्रकार महासंघका प्रदेश उपाध्यक्ष सोम सुसेली बताउँछन् ।


571 पटक हेरिएको 






