इलामका थप २ मा कोरोना संक्रमण पुष्टि

कुल संक्रमित ९३ पुग्यो

  सरलपाटी सम्वाददाता

 474 पटक हेरिएको

इलाम । इलामका थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बिहीबार थपिएका संक्रमितसँगै इलाममा संक्रमितको संख्या ९३ पुगेको हो ।

इलामको चुलाचुली गाउँपालिकाका एकै घरका दुई जनामा संक्रमण पुष्टि भएको इलामका कोभिड – १९ फोकल पर्सन विमल बरालले जानकारी दिए  । उनीहरु झापाको कमल गाउँपालिकामा व्युटिपार्लरको पसल सञ्चालन गरेर बसेका थिए । संक्रमित हुनेहरुमा ५७ वर्षका पुरुष र २८ वर्षका महिला रहेका छन् ।

उनीहरु झापामा नै होम क्वारेन्टिनमा रहेको इलामका कोभिड – १९ फोकल पर्सन बरालले बताए ।

उनका अनुसार, संक्रमितमध्ये ८८ जना उपचारपछि घर फर्किसकेका छन् । पाँच जना भने उपचारका क्रममा रहेका छन् । जसमा माईनगरपालिकाका दुई र चुलाचुली गाउँपालिकाका तीन जना रहेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार