अलैंचीमा सकस ः बजार मूल्य भन्दा भन्सार मूल्य दोब्बर

नेपाली अलैंचीमा सकस

  किरण पौड्याल

 421 पटक हेरिएको

इलाम । स्वाभाविक रुपमा हामीलाई लाग्छ, वस्तुको मूल्य अनुसार त्यसको भन्सार मूल्य मापन हुनुपर्छ ।

वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैंचीको भारतीय भन्सार मूल्य मापन चाहिँ सधै एउटै दर कायम हुन्छ । अलैंचीको भन्सार मूल्य कुनै बेला नेपाली बजारमा एक लाख रुपैयाँ प्रति मन कोरोबार हुँदा र अहिले सरदर रु २० हजार प्रति मन हुँदा पनि एउटै छ ।

व्यवसायीका अनुसार, अहिले नेपालबाट जाने अलैंचीको मूल्य दर प्रतिकिलो भारु ५०० देखि ८००० रुपैयाँको नै बिल भन्सारमा बनाउनु पर्ने बाध्यता छ । यही कारण नेपाली बजारमा प्रतिकिलो ५०० रुपैयाँ मात्र अलैंचीको मूल्य हुँदा अतिरिक्त ३०० भन्सार मूल्य देखाएर भारत अलैंची पठाउनु पर्ने बाध्यता छ । यो भन्सार मूल्य नेपाली बजारमा किसानको अलैंची किनेको मूल्यको झण्डै दोब्बर मूल्य हो ।

भन्सार मूल्य समायोजन नहुँदा भन्सारमा धेरै मूल्यको बिल बनाउनुपर्छ । अलैंची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले भने, ुयो सबै मूल्य किसानले नै तिर्नुपर्छ । हामी व्यवसायीलाई सामान्य मात्रै भए पनि नाफा हुन्छ ।ु आठ वर्षयता नेपालबाट जाने अलैंचीको भन्सार मूल्य त्यही अनुसार छ । अलैंचीको मूल्य अधिकतम हुँदा यो दर अनुसार भन्सार मूल्य बनाउन गाह्रो छैन तर किसानसँग किनेको मूल्य भन्दा बढी पर्दा समस्या हुने गरेको व्यवसायीको गुनासो छ ।

हामीले पारि (भारतीय भन्सार)मा जतिको मूल्य बनायो नेपाल सरकारलाई कर पनि त्यही अनुसार बुझाउनुपर्छु, अलैंची व्यवसायी महासङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक नेपाल भन्छन्, ुप्रतिमन एक लाख रुपैयाँ अलैंचीको मूल्य हुँदा त सजिलो थियो अहिले त कसरी तिर्नु त्यो मूल्य अनुसारको कर ? त्यसैले अत्यन्तै गाह्रो छ । घाटा खाएर गर्नुपर्ने व्यवसायमा सरकारको कदम पनि केही दह्रो हुनु पर्ने हो तर त्यस्तो देखिँदैन ।ु

अहिलेको प्रावधान अनुसार चार लाख रुपैयाँसम्म नेपाल सरकारलाई कर बुझाउनु नपर्ने प्रावधान छ भने चार लाख भन्दामाथि प्रतिलाखको १० प्रतिशत कर बुझाउनुपर्छ । त्यस्तै २० लाख रुपैयाँ कारोबार गर्दा २० प्रतिशत भन्सार बुझाउनु पर्छ ।

त्यही दरमा नेपाल सरकारलाई व्यवसायीले कर बढाएर तिर्नुपर्ने प्रावधान छ तर भारतीय भन्सारमा बढी मूल्यको अलैंची ९८०० प्रतिकिलो बनाउँदा स्वतः कारोबार बढी देखिने हुँदा बढी भन्सार तिर्नुपरेको व्यवसायीको भनाइ छ । भन्सार मूल्य समायोजन गर्नका लागि व्यवसायीका तर्फबाट नेपाल सरकारलाई पटक–पटक ध्यानाकर्षण भएको पनि हो, तर सरकारका तर्फबाट ‘ठोस’ पहल नहुँदा बढी मूल्यको भन्सार मूल्य बनाउनु परेको हो ।

त्यति मात्र होइन, दुई देशबीच हुने वाणिज्य सन्धि पनि परिमार्जन हुनुपर्ने हो तर नेपाल र भारतको हकमा भने त्यस्तो पनि हुन सकेको छैन । यही मूल्य समायोजन नभएकै कारण धेरै व्यवसायी अलैंची कारोबार गर्न सक्रिय भएको वरिष्ठ उपाध्यक्ष नेपालको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पनि यो कुरा उठाएका छौँु, महासङ्घका अध्यक्ष कार्कीले भने, ुकेही पहल हुन सक्छ ।ु

नेपालबाट भारत जाने अलैंचीलाई मात्र प्रतिकिलो भारु ५०० भन्सार तिर्नुपर्छ तर भारतमै उत्पादित अलैंचीको भने भारु ३०० मात्र तिर्दा पुग्छ । भारतकै सिक्किमबाट पश्चिम बङ्गाल जाने भन्सार मूल्य भारु ३०० मात्रै छ । यसैले भारतीय व्यापारीले नेपालको अलैंची किन्न मान्दैनन् ।

नेपाल र भारतको अलैंचीको भन्सार महसुलमै अत्यन्तै बढी फरक छ । नेपालबाट जाने अलैंचीको भन्सार मूल्य बढी हुनुमा चाहिँ भारतले बनावटी समस्या भिराएको व्यवसायी बताउँछन् । भारतले नेपाली अलैंचीमा वितृष्णा जगाएकै कारण भन्सार समायोजन नभएको होु, अलैंची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराई भन्छन् । सँगैमा किन फरक – फरक भन्सार मापन हुन्छ, यसका लागि नेपाल सरकारले पहल गर्नुपर्छ ।ु

नेपालबाट ठूलो परिमाणमा तेस्रो देश जानेमध्ये बङ्गलादेश मुख्य देश हो तर नेपालले बङ्गलादेशसँग अलैंचीसम्बन्धी व्यापार सम्झौता नगर्दा बढी कर तिर्नुपरेको व्यवसायीको गुनासो छ । अहिले बङ्गलादेशमा अलैंची पठाउन भूटानलाई शून्य कर लाग्छ भने नेपालले ३५ प्रतिशत कर तिर्नुपर्छ । यसैले सिधै अलैंची बङ्गलादेश लैजान नसकिने भएकाले भारतमार्फत अलैंची लानुपर्ने बाध्यता छ । सरकारले सिधै पठाउन सम्झौता नै गरेको छैनु, पूर्व वरिष्ठ उपाध्यक्ष नेपालले भने, हामीले बङ्गलादेश अलैंची लाने हो तर ४५ दिन भन्दा बढी लाग्छ, कर पनि उस्तैु ।

नेपालमा उत्पादन भएको ९८ प्रतिशत अलैंची बाहिरी देश निर्यात हुने गरेको व्यवसायी बताउँछन् । आर्थिक वर्ष २०७५/०७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैंची निर्यात भएकामा आव २०७६/०७७ मा ५० लाख १२ हजार ६९४ किलोमात्र निर्यात भएको व्यापार तथा तथा निकासी केन्द्रको तथ्याङ्क छ । आव २०७५/०७६ मा रु चार अर्ब २८ करोड ४१ लाख ९९ हजारको अलैंची निर्यात भएकामा गएको आव २०७६/०७७ मा रु चार अर्ब एक करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार