प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा इलामका ‘शुभ निरौला’ सहभागी हुँदै

सहभागीता

  याम माबोहाङ लिम्बू

 1257 पटक हेरिएको

इलाम । राष्ट्रीय बाल दिवसको अवसरमा मानव अधिकार मञ्च नेपालले सञ्चालन गर्ने प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता इलामका शुभ निरौला सहभागी हने भएका छन् । मञ्चले आइतबार (आज) गरेको जिल्ला स्तरीय छनौट प्रतियोगिता निरौलाले प्रथम स्थान हासिल गर्दैै सहभागीताको शुनिश्चित गरेका हुन ।

भदौ २९ गते भर्चुअल माध्यमबाट हुने प्रतियोगितामा निरौलासँगै एक नम्बर प्रदेशका १४ जनाल सहभागिता जनाउने कार्यक्रम संयोजक रूद्र थेबेले जानकारी गराए । अमर माध्ययमिक विद्यालय इलाममा अध्ययनरत छात्र शुभ निरौलाले जिल्लाका २६ जना सहभागी प्रतियोगीलाई पछि पार्दै नगद १५ सय पुरस्कार समेत प्राप्त गरेका छन् ।

“कोरोना भाइरस (कोभिट –१९) ले बालकालिकामा पारेको असर र सरोकारवालाको भूमिका” विषयको वक्तृत्वकला प्रतियोगितामा सहभागी चुलाचुली गाउँपालिकाको भानु माध्यमिक विद्यालयका दिपेन्द्र गौतम र सूर्योदय नगरपालिकाको जनक माध्यमिक विद्यालयकी कृतिका अर्याल दुबै जनाले द्वितीय स्थान हासिल गरेका छन् ।

उनिहरुले नगद एक/एक हजार पुरस्कार पाएका छन् । यस्तै फाकफोकथुम गाउँपालिकाको सिहंदेबी माध्यमिक विद्यालयकी आयुसा मिश्रले तृतीय स्थान हासिल गरिन् । उनले नगद पाँच सय पुरस्कार प्राप्त गरेकी छन् ।

जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा सहभागी विद्यार्थीले महामारीको समयमा बालबालिकाको पढ्ने अवसरको सुनिश्चितता गर्न सरोकारवाला सबैसँग माग गरे । उनिहरूले भविष्यका लागि बालबालिकामा सरकारले लगानी गर्नुपर्नेमा जोड दिए ।

प्रतियोगिताको निर्णाक भूमिका निर्वाह गर्ने महेन्द्र रत्न बहुमूखी क्याम्पस इलामका सह–प्राध्यापक केशकहादुर राई, इलाम नगरपालिकाकी शिक्षा शाखा अधिकृत राधिका घिमिरे र मानव अधिकार मञ्च नेपालका शिखरनाथ सापकोटाले नजिता सार्वजनिक गर्दै बालबालिकाको आवाजलाई सम्बोधिन गर्न सके मात्र दीगो विकासको आधार निर्माण गर्न सकिने बताए ।

मञ्चका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा समन्वय एकाईका शम्भू थापाको समेत उपस्थिती रहेको थियो । अनलाईन मार्फत सञ्चालन भइरहेको प्रतियोगिताको छनौट चरण भदौं २२ गते सम्पन्न हुनेछ । यसअघि धनकुटा, झापा, उदयपुर, मोरङ र भोजपुरमा जिल्ला स्तरीय छनौट प्रतियोगिता भइसकेको कार्यक्रमका क्षेत्रिय संयोजक इश्वर लुङ्गेलीले जानकारी गराए ।

विपदमा बाल अधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिबद्धता भन्ने नाराका साथ भर्दौ २९ गते हुने प्रदेश स्तरीय प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश प्रमाण पत्रसँगै नगद १५ हजार, १० हजार र पाँच हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार