काठमाडौं । नेपालमा आज थप १०४१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १०४१ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४५ हजार २७७ पुगेको छ ।
नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ । पछिल्लो २४ घन्टामा १५६६ जना डिस्चार्ज भएका छन् ।
नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या भने २८० पुगेको छ ।