इलाम । इलामको माङसेबुङ गाउँपालिका – १ स्थित गजुरमुखी मन्दिरमा २५ लाख भन्दा बढीको क्षति भएको छ । गएराति (शुक्रबार राती) आएको हावाहुरीका कारण रुख र ढुङ्गा झर्दा सो बराबरको क्षति भएको हो ।
हावाहुरीका कारण रुख र ढुङ्गा लडेर झर्दा मन्दिरको संरचना, विद्युतको पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्षको फल लगायतमा क्षति पुगेको पालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।
माथिबाट खसेको ढुङ्गा र रुख स्थानीयको सक्रियतामा पन्छाइएको छ । े गजुरमुखी क्षेत्र जिल्लाकै एक प्रमुख धार्मिक क्षेत्र हो । यहाँ भाकल गरे बोली नआउनेको बोली आउने र सन्तान नहुनेको सन्तान हुने धार्मिक विश्वास रहीआएको छ ।