एकैदिन एक हजार तीन सय ५९ मा कोरोना सङ्क्रमण

१४ जनाको ज्यान गयो

  सरलपाटी सम्वाददाता

 286 पटक हेरिएको

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेको छ । गएको २४ घण्टामा एक हजार तीन सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार तीन सय ५९ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा एक हजार तीन सय ५४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २५ हजार पाँच सय ६१ पुगेको छ ।

अब नेपालमा १८ हजार चार सय चार जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ६१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार