इलाम । इलामका नौ जना एम्बुलेन्स चालकलाई नेपाल निजामती कर्मचारी युनियन संघ इलामले सम्मान गरेको छ । जिल्लाका एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्दै शुक्रबार इलाममा सम्मान गरिएको हो ।
सम्मानित हुने चालकहरुमा तारा पोख्रेल, सन्मान तामाङ, बालचन्द्र गौतम, राजन कार्की, फडिन्द्र सापकोटा, मोहन राई, अनिल देवान र धनबहादुर मगर रहेका छन् ।
उनीहरुलाई संघको स्थापना दिवसको अवसर पारेर सम्मान गरिएको हो ।