काठमाडौँ । नेपालमा आज थप १२ सय २८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १२ सय २८ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४२ हजार ८७७ पुगेको छ ।
नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ । पछिल्लो २४ घन्टामा ९१७ जना डिस्चार्ज भएका छन् ।