इलाम । ३२ औ स्थपाना दिवस मनाउँदै किरात याक्थुङ चुम्लुङ इलामले छात्रबृत्ति वितरण गरेको छ । कार्यक्रममा ४ जना लिम्बू विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको बताइएको छ । छात्रबृत्ति पाउँनेमा लिम्बू विद्यार्थी भूमिका लिम्बू, बेबिसा येक्तेन, लासाङ योङहाङ, र विपिन लिम्बू रहेका छन् ।
छात्रबृत्ति पाउँने माङ्सेबुङ गाउँपालिका ६ चिसोपानी माध्यमिक विद्यालयकी छात्रा भूमिका लिम्बुलाई श्रीमती खोममाया आङबुहाङ लिम्बू छात्रवृत्ति कल्याण कोषबाट नगद १० हजार प्राप्त गरेकी छिन । माङसेबुङ २ बस्ने भूमिका कक्षा १२ मा अध्ययनरत छिन् । त्यस्तै इलाम नगरपालिका ११ बस्ने बेबिसा येक्तेन लिम्बूले नगद १० हजार प्राप्त गरेकी छिन । उनी स्थानीय बालकन्या माध्यमिक विद्यालय कक्षा सातकी विद्यार्थी हुन । उनलाई बैदेशिक रोजगारीका शिलशिलामा इजरायल पुगेका नेपाली लिम्बुहरूले रकम संकलन गरी चुम्लुङ मार्फत छात्रबृत्ति बितरण गरिएको छ ।
याक्थुङ सहयोग कोषबाट प्रदान गरिने दुईवटा छात्रवृति अमर माध्यमिक विद्यालयका इलामका विपन लिम्बू र लासाङ योङहाङलाई प्रदान गरिएको छ । कक्षा ९ मा अध्ययनरत विपन र १० मा अध्ययनरत लासाङलाई नगद ५÷५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ । छात्रवृत्ति प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले हस्तान्तरण गरेका थिए ।
चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिमको अध्यक्षतामा भएको थियो । कार्यक्रमका अवसरमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष यामप्रसाद योङहाङ, चुम्लुङ इलामका सल्लाहकार बखतबहादुर आङदेम्बे र सटेन्द्र जबेगु, लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष अतित योङहाङले शुभकामना मन्तव्य राख्दै छात्रवृत्ति प्राप्त छात्राहरूको शैक्षिक प्रगतिको कामना गरेका थिए ।
छात्रवृत्ति प्राप्त गरेकी भूमिका लिम्बूले चुम्लुङलाई धन्यवाद दिदैं समुदायको विकासको काम गर्नेमा प्रतिबद्धता जानइन् । चुम्लुङका सचिव राम योङहाङले सञ्चालन गरेको कार्यक्रममा सहसचिव याम माबोहाङले स्वागत गरेका थिए ।