कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

मृतकको संख्या २३९ पुग्यो

  सरलपाटी सम्वाददाता

 219 पटक हेरिएको

काठमाडौँ । नेपालमा मंगलबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरीकी ४ वर्षीय एक बालिका र ३७ वर्षीय एक पुरुष, सिरहाका ६५ वर्षीय एक पुरुष, पर्साका ५३, ८० र ६० वर्षीय तीन पुरुष, बाराका ६० वर्षीय एक पुरुष, चितवनका ५२ वर्षीय एक पुरुष, काठमाडौका ७० र ३५ वर्षीय दुई पुरुष, मकवानपुरका ५८ वर्षीय एक पुरुषको निधन भएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार