अवरुद्ध सडक एकतर्फी खुल्यो, यात्रुलाई सहज

पहिरोको पीर

  भगीरथ भण्डारी

 434 पटक हेरिएको

इलाम । इलामको रोङ गाउँपालिका क्षेत्रमा पर्ने मेची राजमार्ग अन्र्तगत अवरुद्ध बनेको सडक एकतर्फी खुल्दा यात्रुलाई सहज भएको छ । मंगलबार राति देखि परेको अविरल वर्षाको कारण अवरुद्ध बनेको १० किलोमिटर सडक क्षेत्र एकतर्फी खुल्दा यात्रामा रहेका यात्रुलाई सहज भएको छ ।

यो समाचार तयार पार्दासम्म अवरुद्ध बनेको सडक एकतर्फी खुलेसँगै बिच बाटोमै अवरुद्ध बनेका झापा, इलाम, पाँचथर र ताप्लेजुङसम्म सञ्चालन हुने सवारीसाधन सञ्चालनमा आएका छन् ।

अवरुद्ध सडक क्षेत्रमा मंगलबार विहानबाटै स्काभेटर प्रयोग गरी सडक खुलाउने काम भईरहेको थियो । विहानैदेखि पहिरो फाल्ने काम भएपनि धेरै ठाउँमा पहिरो गएको कारण अहिलेसम्ममा एकतर्फी मात्र सडक सञ्चालनमा आएको गाउँपालिका प्रवक्ता मणिकुमार स्याङ्बो (सुवास)ले जानकारी दिए ।

राजमार्गको नालि खोतलेकाले पहिरो गएको स्थानियको आरोप

राजमार्गको नालि खोलतेकाले पहिरो गएको स्थानियले आरोप लगाएका छन् । केहि समय अघि नेपाल टेलिकमले अप्टिकल फाइबर बिछ्याउनका लागि सडकछेउको नाली खोतलेकाले समस्या आएको उनीहरुको आरोप छ ।

गाउँपालिका प्रवक्ता मणिकुमार स्याङ्बो (सुवास) ले भने “ठेक्काको समय सकिँदा पनि निर्माण कम्पनीले नाली मात्र खनेर काम नगरी अलपत्र पारेर छोडिएको छ यसले झनै जोखिम बढेको देखिएको छ ।

उनका अनुसार, ‘टेलिकमले अप्टिकल फाइबर बिछ्याउन सडकको नाली प्रयोग गर्ने सम्झौता गरेर काम थालनी गरेका थिए । तर राजमार्गको नालीलाई गहिरो बनाएर छाडेका छन् । राजमार्गमा धमाधम पहिरो जानुमा हेर्दा यसले पनि भूमिका खेलेको छ भन्ने देखिन्छ ।

यता सडक डिभिजन कार्यलय इलामका सुचना अधिकारी इन्जिनियर विरेन्द्रकुमार यादवले भने यसैका कारण पहिरो नगएको बताएका छन् । उनि भन्छन्, इलामनगरपालिकाको गोदक खण्डमा पनि खनिएको छ । त्यस क्षेत्रमा हालसम्म कुनै पनि समस्या छैन । अहिले पहिरो गएको ठाउँमा पनि सडकखण्डको भित्तो झरेको हो । नालि खनेकै कारण पहिरो झरेर सडकमा समस्या नआएको बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार