पहिरोले घर बगाउँदा ८ लाखको क्षति

सात जना विस्थापित

  सरलपाटी सम्वाददाता

 665 पटक हेरिएको

इलाम । मंगलबार राती परेको पानीले पहिरो जाँदा इलामका सात जना विस्तापित भएका छन् । इलामको रोङ गाउँपालिका–६ का बलबहादुर राईको घर बगाउदा एकै परिवारका सात जना विस्थापित भएका हुन् ।

वर्षासँगै आएको पहिरोले काठबाट बनेको टिनको छानो भएको दुई घर, घरभित्र रहेका लत्ताकपडा, अन्नपात सबै पुरिएको परिवारले जनाएको छ । पहिरोले भएभरका सबै सामानसहित घरमा क्षति पु¥याउदा आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए ।

सुवेदीका अनुसार, पहिरोले घरलाई बगाएर २० मिटर तल पु¥याएको थियो । परिवार सबै राती नै भाग्न सकेकाले मानविय क्षति भने नभएको बताईएको छ ।

विस्तापित बनेका परिवारलाई पालिका र स्थानीयको सहयोग मार्फत बस्ने ठाउँको व्यवस्थापन गरिदिएको पालिकाले जनाएको छ । विस्थापितमा परेका परिवारमा ५ पुरुष र २ महिला गरी ७ जना छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार