इलाम । ‘मन त देशमै केही गरौं भन्ने छ, तर धन छैन,’ कोरोनाको कारण कतारमा रोजगारी गुमेपछि घर फर्किएका तेह्रथुमका नेत्र लिम्बू भन्छन् ।
नेत्र २०६४ मा कतार गएका थिए । सपना त उनको पनि देशमा कमाएर देशमै केही गरौंला भन्ने थियो । त्यही सपना पछ्याउँदा पछ्याउँदै १४ वर्ष परदेशमै बित्यो । न सपना पूरा भयो, न त फर्कनेबेला हातमा दुई चार रुपैयाँ नै । कोरोनाले संसारलाई छोप्यो । परदेशी भूमिमा पसिना बगाइरहेका नेत्रलाई पनि कतारको कामबाट हात धुनु प¥यो ।
‘एक दिन त राम्रो होला नि भनेर विदेशमा धेरै दुःख गरियो, तर केही भएन,’ नेत्र आफ्नो योजना सुनाउँदै भन्छन्, ‘अब देशमै केही गर्न चाहन्छु, मन र सपना अनेक छन्, सबै भन्दा ठूलो त धन नै रहेछ ।’कोरोना महामारीका कारण विश्वमा बेरोजगार हुनेको संख्या बढ्दो छ । नेपाल पनि यो समस्याबाट अछुतो छैन । वैदेशिक रोजगारीमा गएका युवा धमाधम घर फर्कन थालेका छन् । कतिपय त दुई चार पैसा हातमा लिएर पनि फर्किएका छन्, भने कोही बिचल्लीमा परेर फर्किएका छन् ।
इलामका हरि लिम्बूलाई महामारीको समयमा ठगिएर फर्कनुप¥यो । टेक्ने ठाउँ र समाउने हांगो खोज्दा खोज्दै ठगिएका हरिलाई हिजो आज न देशको भर लाग्छ, त न विदेशको नै ।२०७४ सालमा कुवेत गएका थिए उनी । नेपालमा आफूलाई टेकाउने ठाउँ नपाएपछि विदेशिएका उनलाई विदेश पुगेर पनि ठगिनु प¥यो । कागजी सम्झौतामा ३८ हजार रुपैयाँ दिने भनिएको थियो । तर काम गरेर पाएको रकम भने २५ हजारमै सीमित ।
भने जस्तो नभएपछि उनी कुवेतमा कागजात बिहीन भएर काम गरिरहेका थिए । उनलाई थप पाँच वर्ष उतै दुःख गर्ने मन थियो । तर महामारीका कारण त्यही रोजगारी पनि गुम्यो । घर फर्कन मात्रै तीन महिना कुर्नु प¥यो । यी तीन महिना बेरोजगार भएर घर फर्कने दिन कुर्दै गर्दा दुःख त कति सहन प¥यो । तर के गर्नु ? परदेशी भएपछि परि आउने हरेक परिस्थितिसँग हाँसीहाँसी लड्न पर्ने ।
‘सोचे जस्तो भएन, मनको इच्छा अधुरै भयो,’ हरिले गुनासो गर्दै भने । यस अघि उनी २०७१ मा कतार पनि गएका थिए । कतारबाट पनि २२ महिनामा नेपाल फर्किएका थिए । माङ्गसेबुङ्ग गाउँपालिका–१ इलामका हरि लिम्बूलाई यो समयमा समस्या नै समस्या छ जस्तो लाग्छ । उनी थप्छन्, ‘अहिल्यै केहि गरौँ जस्तो लागेकै छैन ।’
हरि मात्र कहाँ हो र ? धनकुटाकी मनु भुजेल पनि कागजात बिहीन भएर नै कुवेतमा काम गरिरहेका थिए । परिस्थिति जस्तो होस् केही वर्ष विदेशमा नै बसौं भन्ने लागेको थियो उनलाई ।तर मनको रहर अधुरो बनाउँदै स्वदेश फर्कनु प¥यो । २०७४ सालमा कुवेत गएकी धनकुटा नगरपालिका– १० की मनुले सोच्दै नसोचेका हण्डर सहनु प¥यो ।
जसोतसो दुःख गरेर मनु नेपाल आईपुगिन् । महामारी छिट्टै सकिए त अझै पनि उनलाई विदेशै जाउँ भन्ने लागेको छ । तर अहिलेको अवस्था हेर्दा महामारी हट्छ जस्तो लागेकै छैन, उनलाई । ‘अब नेपालमै रहनको लागि होटल व्यवसाय सुरु गर्ने सोच बनाएको छु’ मनुले आफ्नो भावी योजना सुनाइन् ।
ताप्लेजुङका चन्द्र कालिकोटेलाई भने विदेश जाँदै नजाउँ भन्ने लागेको हो । तर गाउँ वडाबाट पालिका बन्यो । स्थानीयस्तरमै सरकार आयो । तब उनको रोजगारी गुम्यो । २०६७ सालमा साउदी पुगेर तीन वर्षपछि नेपाल आएका उनी सामाजिक परिचालकको काम गर्थे । भएको एउटा आयस्रोत पनि गुमेपछि भने परदेशिनुबाहेक अर्को विकल्प चन्द्रका लागि भएन । र फेरि २०७७ मा यूएई उड्नु भयो ।
२०७६ मा नै भिसा पेश गरे पनि उडान भने १० महिना ढिला भयो ।काम सुरु गरेको ३६ दिनपछि कोरोना भाइरसका कारण काम ठप्प भयो । ६ महिना त एउटा कोठामै बन्दी बनेर बस्नु प¥यो उनलाई । पीरै पीरका बीचमा अहिले भने बल्ल नेपाल आइपुगेका छन् । पाएको दुःख सम्झेर उनलाई गाउँमा नै मल्टी एग्रो फाम खोलेर बस्छु, दुःख गर्छु भन्ने आँट आएको छ ।
कृषिमा सरकारको लगानी देख्दा उनलाई खुशी नलाग्ने होइन । तर साँच्चैको किसानसम्म अनुदानको पहुँच नै नपुग्दा भने उनलाई साह्रै चिन्ता लाग्छ । भन्छन्, ‘अन्योलमा बसेर मात्रै केही हुन्न रहेछ । आफैंले नथाले कसले सुरु गरिदिने ?’ उनी थप्छन्, ‘फार्म खोलेर भरपर्दो आयस्रोतको बलियो बाटो बनाउने लक्ष्य छ मेरो ।’ यसैबाट अरुलाई रोजगारी दिनेसम्मको दीर्घकालिन सोच समेत छ उनको ।
आफ्नै देशमा केही गरौं भन्ने सोच थियो झापाकी पुनम राईलाई पनि । मेचीनगर नगरपालिका – २ मा विदेश जानु अघि सुँगुर फामँ खोल्छु भन्ने आँट उनमा नआएको पनि होइन । तर उनीसँग तत्काल लगानी गर्ने रकम थिएन । यसैले कमाईको रोजाई उनका लागि खाडी देश नै बन्यो ।पहिलो पटक उनी २०६५ मा ओमान गएकी थिइन् हाउस क्लिनर बनेर । दुई वर्ष बसिन् । नेपाल आएर फेरि २०६८ मा कुवेत गइन् । तीन वर्ष उतै बिताएर नेपाल फर्किइन् । अनि २०७४ मा फेरि कुवेत नै गइन् । यस वर्ष भने उनी कम्पनीमा गएकी हुन् ।
अब आफ्नै भूमिमा परीश्रमको पसिना चुहाउने मन छ सुरेन्द्रको । परदेशबाट वाक्क बनेका सुरेन्द्रको केही गर्ने मन त छ तर ज्ञान र सीपका अभावमा अन्योलमा छन् ।अझै केही वर्ष विदेशमा नै दुःख गर्छु भन्दा भन्दै उनलाई कोरोना महामारीले नेपाल नै फर्काइदियो । अहिले भने के गरौं–गरौं भएको छ पुनमलाई । ‘महामारी सकिए त फेरि विदेशै जान्थें, सरकारी जागिर खाउँ क्षमता छैन, अब के गर्ने–गर्ने ? अन्यालमै छु,’ उनी भन्छन् ।
पाँचथरका सुरेन्द्र फेवाको पनि सात वर्ष परदेशमै बित्यो । बितेका समयलाई सम्झँदै उनले भने , ‘व्यर्थमै परदेश लागिएछ, परदेशले न सीप सिकायो, न खास उपलब्धि नै भयो ।’ सुरेन्द्र २०६९ सालमा साउदी गएका हुन् । नेपालमा कमाइका क्षेत्र शून्य देखेपछि उनी त्यो समय परदेशिएका थिए ।
अहिले उनलाई लाग्छ, ‘विदेशिंदा सीप सिक्नबाट बञ्चित भएँ भन्ने कुराले साह्रै सताउँछ ।’ सीप भए त परदेश जानै पर्ने रहेनछ भन्ने लागेको छ अहिले उनलाई । अब आफ्नै भूमिमा परीश्रमको पसिना चुहाउने मन छ सुरेन्द्रको । परदेशबाट वाक्क बनेका सुरेन्द्रको केही गर्ने मन त छ तर ज्ञान र सीपका अभावमा उनी अन्योलमा छन् ।