इलाम । इलामको सूर्योदय नगरपालिका ६ तारागाउँका हिमाल भुजेल(गोपाल) को उपचारमा आर्थिक संकट भएपछि परिवारले सहयोगका लागि अपिल गरेको छ । छ महिनादेखि पेटसम्बन्धी समस्याबाट ग्रस्त हिमालको विभिन्न अस्पतालमा उपचार गराउँदा रोग पत्ता नलाग्दै दश लाख रुपैयाँ भन्दाबढि खर्च भइसकेको छ ।
हाल काठमाण्डांै स्थित काठमाण्डौ मेडिकल कलेजमा उपचार गराइरहेका हिमाललाई पेनक्रियाज भएको पुष्टि भएको छ । उपचारमा संलग्न चिकित्सकले यथाशीग्र शल्याक्रिया गर्नुपर्ने सुझाएका छन् । यसअघिनै उपचारमा लाखै खर्च भइसकेकाले हिमालको परिवारले उपचारमा लाग्ने खर्च जोहो गर्न नसकेकाले उनको शल्याक्रिया हुन सकेको छैन । त्यसैले थप उपचारको लागि परिवारले सहयोगको याचना गरेका हुन् ।
सूर्योदय नगरपालिका वडा नं. ६ का अध्यक्ष शिवकुमार बस्नेतले समेत उनको उपचारमा सहयोग गर्न अनुधरोध गरेका छन् । हिमालको परिवारको आर्थिक अवस्था ज्यादै कमजोर भएकाले थप उपचारको खर्च परिवारले धान्न नसक्ने भन्दै सहयोगको लागि वडाअध्यक्षले अनुरोध गरेका हुन् । परिवारले सहयोगका लागि इच्छुकलाई बिरामीका बाबु पूर्णबहादुर भुजेलको नाममा सप्तकोशी विकास बैंकमा रहेको खाता नम्बर ००६००००१५९०१८ मा यथासक्य आर्थिक गर्नका लागि अनुरोध गरेको छ । बिरामीको अवस्थाका बारेमा उनका बाबुलाई मोवाइल नम्बर ९८१५९९१२९१ मा सम्पर्क गर्न सकिने छ ।