इलाम । इलाममा ‘इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.’ले आफ्नो सेवा शुरु गरेको छ । प्रा.लि.ले मंगलबारबाट आफ्नो सेवा शुभारम्भ गरेको हो ।
इलाम नगरपालिका – ६ सिङफ्रिङमा रहेको डा.मेघबहादुर पराजुली सामुदायिक अस्पताल रहेको भवनबाट संचालन हुने गरी एक कार्यक्रमको बिच सेवा आरम्भ गरेको हो ।प्रा.लि.का फाउण्डर तथा म्यानेजिङ्ग डाइरेक्टर प्रकाश चापागाईंका अनुसार भदौ १५ गते सम्म अस्पतालमा आउने सेवाग्राहीहरुलाई ओपिडी सेवा शुल्कमा सतप्रतिशत छुट दिईनेछ ।
उनका भने, हाल यस अस्पतालमा १५ शैय्या छ । नेपाल सरकारले प्रदान गर्दै आइरहेको स्वास्थ्य बिमा सुविधा भने उपलब्ध हुने छैन । निकट भविष्यमा अस्पतालको स्तरोन्नति गरेर उक्त सुविधा पनि प्रदान गर्ने लक्ष्य लिईएको बताइएको छ ।
अस्पताल संचालक कम्पनीका अध्यक्ष डा.सञ्जयकुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रम इलाम नगरपालिका – ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, ४ का वडाध्यक्ष नुतनदेव दुलाल, उद्योग वाणिज्य संघका उपाध्यक्ष मदन श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटीका सभापति शिव गौतम, हिमालयन हेल्थ केयरका प्रतिनिधि धर्म गौतम लगायतले शुभकामना दिएका छन् ।