सन्दकपुरमा लकडाउन खुल्यो

जनजीवन सामान्य

  सरलपाटी सम्वाददाता

 535 पटक हेरिएको

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा लकडाउन (बन्दाबन्दी) खुलेको छ । गएको साउन २२ गतेबाट सुरु भएको लकडाउन गाउँकार्यपालिका बैठकले अन्त्य गर्ने निर्णय गरेसँगै लकडाउन खुलेको हो ।

संक्रमितको आधारमा कन्ट्रयाक ट्रेसिङ्गमा परेकाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले जोखिम कम भएको भन्दै लकडाउन हटाइएको पालिका प्रमुख उदय राईले जानकारी दिए ।

उनका अनुसार, लकडाउन खुलेसँगै बुधबारबाट सुचारु हुने पालिकाका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यलय, बैङ्क, बजार लगायतमा सामाजिक दुरी कायम राखी सर्तकताका साथ कार्य गर्न पाउने, सार्वजनिक सवारी साधनमा पाँच जना मात्र सवार गर्न पाउने सार्थ मास्क र सेनिटाइजर अनिवार्य हुनु पर्ने, अन्तरजिल्ला र बाह्यदेशकाले पालिका प्रवेशका लागि अनिवार्य पालिकाको स्वीकृती लिनु पर्ने, विवाह, मरीमराउ, ब्रतवन्ध, भोजभतेर लगायतका काममा बढीमा २५ जना मात्रै भेला हुन पाउने लगायत जस्ता कार्यका लागि लचिलो निर्णय गरिएको पालिकाले जनाएको छ ।

गाउँबासीहरुमा घरभित्रै बस्न, अनावश्यक रुपमा भीड भाड नगर्न, नियमित सरसफाईमा ध्यान दिन पालिकाले अनुरोध समेत गरेको छ । तीन साता अघि काठमाडौंबाट आएका स्थानीय अपरमाई पंचकन्या हाइड्रोपावर लिमिटेडको १२ जना कर्मचारीमध्ये ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

यसपछिको परीक्षणमा कार्यपालिका सदस्य सहित स्थानीयमा समेत कोरोना भाइरसको संक्रमण देखिएपछि पालिकाले लकडाउनको घोषणा गरेको थियो । पालिकामा १६ दिनसम्म लकडाउन गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार