इलाम । इलाममा एक लाख ८२ हजार पाँच सय मूल्य बराबरको अवैध मटर बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । सूर्योदय नगरपालिका – ३ तीनखुट्टेस्थित बा ३ ख ५२४४ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलामको प्रहरी कार्यलय पशुपतिनगर इलामबाट खटिएको गस्ती टोलीले सो बराबरको सामान बरामद गरेको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार, बिना भ्याटबिलका एक सय ४६ बोरा सेतो मटर भारततर्फ लैजादै गर्दा बाटैमा नियन्त्रणमा लिइएको हो ।
प्रति बोरा २५ केजीका दरले तीन हजार छ सय ५० केजी मटर बरामद गरिएको छ । मटर बोकेको ट्रक सहित गाडी चालक सुर्योदय नगरपालिका–१ का चेतन दाहाललाई नियन्त्रणमा लिइएको बताइएको छ ।
३७ वर्षका चालक, सामान र ट्रकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यलय पशुपतिनगर इलाम पठाइएको छ ।


521 पटक हेरिएको 






