सुनको मूल्य तोलामा चार सयले घट्यो

सुनको मूल्यमा सामान्य ह्रास

  सरलपाटी सम्वाददाता

 372 पटक हेरिएको

इलाम । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा प्रतितोला ४ सय रुपैयाँले गिरावट आएको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ कायम थियो ।

सुनसँग चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रतितोला २५ रुपैयाँका दरले घटेर एक हजार ३४५ पुगेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार