नेपालमा थप नयाँ ६ सय ३४ जनालाई कोरोना सङ्क्रमण

संक्रमितको संख्या ३१ हजार ११७ पुग्यो

  सरलपाटी सम्वाददाता

 232 पटक हेरिएको

काठमाण्डौ । नेपालमा गएको २४ घण्टामा ६ सय ३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै जम्मा संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

आज काठमाण्डौ उपत्यकामा मात्रै २१६ जना सङ्क्रमित थपिएका छन् । नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेशवर गौतमले काठमाण्डौमा १६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना सङ्क्रमित थपिएका जानकारी दिए।

यस्तै गएको २४ घण्टामा १३६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ ।

आज १२ हजार ५ सय १९ जनाको पीसीआर विधिबाट परीक्षण भएको पनि गौतमले बताए । यस्तै अहिले देशभर ११ हजार ६ सय ५८ जना क्वरेण्टीनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार