इलामकाे जीतपुर प्रहरी चौकीमा कार्यरत प्रहरीलाई कोरोना

इलाममा संक्रमितकाे संख्या ८७ पुग्याे

  सरलपाटी सम्वाददाता

 953 पटक हेरिएको

इलाम । इलामको देउमाई नगरपालिका स्थित जितपुर प्रहरी चौकीमा कार्यरत एक जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । उनलाई इलाम सदरमुकाम स्थित आइसोलेसनमा ल्याउने तयारी भइरहेको देउमाई नगरपालिकाले जनाएको छ । यसअघि इलाका प्रहरी कार्यालयका एक जनामा भाइरसको संक्रमण पुष्टि भएपछि कन्टयाक टे«सिङ्गका आधारमा ७६ जनाको स्वाब संकलन गरेर परिक्षण गरिएको थियो ।
इलाममा हालसम्म ८६ जनामा कोरोनाको संक्रमण भइसकेको छ । याे सहित ८७ जनामा काेराेना पुष्टि भएकाे छ ।  इलाममा अहिलेसम्म तीन हजार नौ सय ६७ जनाको कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको छ । त्यसमध्ये तीन हजार पाँचसय ५१ जनामा कोरोनाको संक्रमण देखिएको छैन । तीन सय ३० जनाको नतिजा आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय इलामले जारी गरेको प्रेस नोटमा उल्लेख छ । त्यसमध्ये ७३ जना कोरोना परास्त गरेर घर फर्किसकेका छन् भने १३ जना उपचारत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार