काेरेन्टाइनमा मृत्यू भएका युवककाे रिपाेर्ट नेगेटिभ

  सरलपाटी सम्वाददाता

 288 पटक हेरिएको

 

क्वारेन्टाइनमा बिरामी परेका युवालाई उपचार गर्ने तयारी गर्दै चिकित्सकको टोली । फोटो नगरप्रमुख रणबहादु राईको फेसबुकबाट ।

इलामको सूर्योदय नगरपालिकाकाे कारेन्टाइनमा आइतबार राति मृत्यु भएका २२ वर्षीय युवकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए ।

उनको मृत्युपछि सबै त्रस्त थिए । सोमबार उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए । उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या रहेको र बिहानैदेखि खाना नखाएपछि उपचार गरिँदै आइएको कोरोना फोकल पर्सन अधिकारीको भनाइ छ । रिपोर्ट नेगेटिभ आएकाले त्रसित नहुन नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार