इलाम । नेपाली बजारमा आज सुनको मूल्य रु २ हजार ४०० ले बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार ८०० सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी मूल्य रु ८५ ले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।