काठमाडौँ । नेपालमा आज थप ५२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।
त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १६ हजार ८ सय ३७ पुगेको छ । पछिल्लो २४ घन्टामा १०९ जना डिस्चार्ज भएका छन् ।