इलाम । इलाममा आज थप एक जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । इलामको सुर्योदय नगरपालिकाको कन्यामस्थित क्वारेन्टाइनमा रहेका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
२८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ७७ पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय इलामले जानकारी दिएको छ ।