सुनको भाउ घट्यो, चाँदीको भाउ भने बढ्यो

भाउमा घटबढ

  सरलपाटी सम्वाददाता

 247 पटक हेरिएको

इलाम । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ आज तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको एक लाख दुई हजार ४ सय रुपैयाँमा थियो । लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ अस्ति आइतबारदेखि घट्न थालेको हो ।

अन्तर्राष्ट्रिय बजारमा भाउ अस्थिर हुँदा नेपालमा घटेको महासंघले जनाएको छ । सुनको भाउ घटे पनि चाँदीको भाउले भने रेकर्ड बनाएको छ ।

चाँदी आज तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार