इलामकाे सूर्योदय र सन्दकपुरमा लकडाउन

इलाम नगरपालिकाले स्थिति हेरेर निर्णय लिने

  सरलपाटी सम्वाददाता

 1339 पटक हेरिएको

इलाम । इलामका दुईवटा स्थानीय तहले लकडाउन घोषणा गरेका छन् । सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकाले आफ्नो क्षेत्र लकडाउन गर्ने निर्णय गरेका हुन् । सूर्योदय नगरपालिकाले अनिश्चितकालको लागि लकडाउन गरेको छ भने सन्दकपुर गाउँपालिकाले एक साताको लागि लकडाउन गरेको हो । सूर्योदयको आइतबारे स्थित घरमा रहेका सशस्त्र प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आइतबारे बजार क्षेत्र शिल गर्ने निर्णय गरेको थियो । भारतीयत सीमा क्षेत्र पशुपतिनगरमा कार्यरत अर्को सशस्त्र प्रहरीमा समेत कोरोना पुष्टि भएपछि सूर्योदयले नगर क्षेत्रमा लकडाउनको घोषणा गरेको छ ।
सन्दकपुर गाउँपालिकामा रहेको पञ्चकन्या हाइड्रो पावरको क्यानल पहिरोको जोखिममा परेपछि त्यसको अध्यनको लागि काठमाण्डौबाट आएको टोलीमा सहभागीमा समेत कोभिड १९ पुष्टि भएपछि सन्दकपुर गाउँपालिकाले एक साताको लागि लकडाउनको घोषणा गरेको छ । ‘हाइड्रो पावरको अध्यनको लागि आएका ११ जनाको कोरोना पोजेटिभ आएको खवर पाएपछि एक सातालाई गाउँपालिका क्षेत्र लकडाउन गरेका हौ’, सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले भने,‘उनीहरु १०÷१२ दिन यहाँ बसेर गएका रहेछन्, यहाँ आउनुअघि गराएको परिक्षणको नतिजा नेगेटिभ भएपनि यहाँबाट गएको भोलिपल्ट दिएको स्वाबको नतिजामा कोरोना संक्रमण पाइएको सूचना पाएपछि संक्रमण फैलिन नदिन लकडाउन गरेका हौ ।’
हाइड्रो पावरको अध्ययनको लागि आएको टोली इलाम नगरपालिका क्षेत्रको होटल ग्रीन भ्युमा होटलमा समेत बास बसेका थिए । तर इलाम नगरपालिकाले भने अहिलेनै लकडाउन गर्ने तयारी गरेको छैन । ‘हाइड्रोको कामको लागि आएकाहरु एक रात ग्रीन भ्युमा बास बसेको पाइयो, तर, उनीहरुलाई कोरनोना संक्रमण भएको हामीलाई औपचारिक जानकारी छैन’, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले भने,‘होटलमा बसेकाहरुलाई कोरोना संक्रमण भएको भए शुरुमा हामी कन्ट्रयाक ट्रेसिङका आधारमा स्वाब परिक्षण गर्छौ त्यसलाई हेरेर निर्णयमा पुुग्छौ ।’ नगरपालिकाले ग्रीन भ्यु होटलमा पाहुन नराख्न भनेको र कामदारलाई आइसोलेट गर्न भनेको नगर प्रमुख बस्नेतले जानकारी दिए । यसअघि कोरोनाको संक्रमण फैलन सक्ने भन्दै रोङ गाउँपालिकाले मेची राजमार्ग आसपासको जोरकलस र कुटिडाँडाको पसल बन्द गराएको छ । विहीबार प्राप्त परिक्षणको नतिजा अनुसार इलामको सशस्त्र प्रहरी बल हेड क्वार्टर नम्बर १ का १६ जनालाई कोरोना पुष्टि भइसकेको छ । हालसम्म इलामका ७६ जना कोरोना संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार