इलाम नगरपालिका–७ का देउकुमार राईले १८ वर्ष बेलायती सेनामा जागिर खाए ।
जागिरमा रहँदा ठूलो पदमा रहेका र राम्रै पैसा कमाएका देउकुमार परिवारिक समस्या आएपछि जागिर छाडेर नेपाल आउन बाध्य भए । देउकुमार जागिरमै रहँदा ब्लड क्यान्सरले श्रीमतीको निधन भयो भने आफ्नै पनि घुँडाको दुईपल्ट शल्यक्रिया गर्नुप¥यो ।
सबै समस्या एकै चोटि आइलागे पनि देउकुमारले हिम्मत भने हारेनन् । आफ्ना दुई छोराको मायाले उनलाई जागिरै छाडेर घर आउन बाध्य बनाएपछि कृषि कर्ममा लाग्ने अठोट गरे । उनले इलाम नगरपालिका–१ साँखेजुङमा रहेको आफ्नो पुरानो घर बारीमा जडीबुटी र फलफूल रोपेर कृषि कर्मको थालनी गरे ।
त्यहीँबाट सुरु भएको उनको कृषि कर्मले अहिले धेरैलाई सिक्ने थलो बनेको छ भने केहीले रोजगारी पनि पाएका छन् । अहिले उनको कृषि कर्म त्यति मात्रै सीमित छैन । साँखेजुङको दुई सय रोपनी जग्गामा किवी, अलैँची र चियाको खेती गरेका देउकुमारले इलामकै सन्दकपुर गाउँपालिका–३ स्थित सुलुबुङको माईपातालमा जडीबुटी र किवीसँगसँगै उत्तीस पनि लगाएका छन् । साँखेजुङबाट बसाइँ सरेर इलाम नगरपालिका–७ गए पनि उनले पुरानो बारीलाई कृषि उपज क्षेत्र बनाएका छन् । अहिले देउकुमारको इलाम नगरपालिकामा ठूलै किसिमको होटल सञ्चालनमा छ भने अन्य दुईतिरका बारीमा प्रशस्त बोटबिरुवा छन् ।
उनले अहिले सन्दकपुरको माईपातलमा मात्रै २५० रोपनी जग्गामा झण्डै २० हजार बिरुवा लौड सल्ला नर्सरी गरेका छन् । १५ हजार उत्तीसका बिरुवा ‘प्लान्टेसन’ गरेका छन् ।
उनले अहिले सन्दकपुरको माईपातलमा मात्रै २५० रोपनी जग्गामा झण्डै २० हजार बिरुवा लौड सल्ला नर्सरी गरेका छन् । १५ हजार उत्तीसका बिरुवा ‘प्लान्टेसन’ गरेका छन् । उनले अहिले खेतीकै लागि तीन जनालाई तलब दिएर राखेका छन् । १५ देखि १७ जनालाई दैनिक हाजिरीमा काम लगाउँछन् । दैनिक १८ घण्टासम्म खटेर काम गर्दै देउकुमार कृषिमा आफ्नो भविष्य उज्यालो देखेको बताउँछन् ।
‘मैले जडीबुटी लगाउनकै लागि लेकको बारी किन्दा अहिलेको घर पनि लोनमा छ’, उनले भने, ‘धेरै त लगानी उठेको छैन, तर उठ्छ भन्नेमा विश्वस्त छु ।’ देउकुमारले होटलसहित कृषिमा अहिलेसम्म रु चार÷पाँच करोड लगानी भइसकेको बताए । अहिले देउकुमारका दुई छोरा पनि उनलाई कृषिमा साथ दिइरहेका छन् भने बहिनी र बुबाआमाले होटल चलाएका छन् । परिवारमा सबैको साथ रहेकाले पनि कृषिमा पसिना बगाउन सहज भएको उनको भनाइ छ ।
देउकुमार अझै पनि केही बाख्रा र विरुवा बढाउने सोचमा छन् । किवी जोन इलामका सञ्चालक समिति संयोजकसमेत रहेका उनि खेतीबालीको प्रशिक्षक पनि हुन् । देउकुमार जस्तै सन्दकपुर गाउँपालिकास्थित माईमझुवाका पुरन गुरुङ पनि अहिले कृषि कर्ममै रम्दै छन् ।
लामो समय भारतीय सैनिक पेशामा जागिर खाएर अवकाश भएपछि उनले आफ्नै बारीमा किवी खेतीसँगसँगै, ट्राउट माछापालन, दूध डेरी, घरबास र अलैँची खेती लगाएका छन् ।
धेरैले जागिरबाट अवकाशपछि विलाशी जीवन बिताउँछन् । पुरन भने त्यसको ठीक उल्टो कृषि र पशुपालन पेशा लागेका छन् । लामो समय जागिर खाएर राम्रै दाम कमाए पनि कृषिमा लाग्नुको मजा छुट्टै हुने पुरन बताउँछन् ।
पुरन भने त्यसको ठीक उल्टो कृषि र पशुपालन पेशा लागेका छन् । लामो समय जागिर खाएर राम्रै दाम कमाए पनि कृषिमा लाग्नुको मजा छुट्टै हुने पुरन बताउँछन् ।
अरूभन्दा भिन्न तरिकाले कृषि कर्म गर्न रुचाउने पुरनले दश वर्षअघि किवी खेतीबाट नै कृषिको काम शुरु गरेका हुन् । त्यति बेला बारीमा ‘लौरा ठड्याएर पैसा आउँदैन’सम्म भन्न भ्याएका उनका छिमेकीलाई उनले अहिले किवी फलाएर जवाफ दिइरहेका छन् । पुरनले २०६८ सालतिर करेसाबारीमा २१२ बोट किबी लगाएका थिए । शुरुमा प्रतिगोटा रु ६०० सम्ममा बिरुवा किनेका पुरनले करीब रु दुई लाख लगानी गरेका छन् । यसबाट अहिलेसम्म रु सात लाख आम्दानी भएको पुरन बताउँछन् । आफ्नै घुरेनमा कृषि गरेरै पुरनले उल्लेखीय आम्दानी लिँदै छन् । ‘छिन्टापु घरबास’ नामको घरबासबाट पनि राम्रै कमाएका छन् । पुरन आफ्नो कर्ममा अहिले विश्वस्त छन् । आफ्ना छोराछोरी र श्रीमतीले पनि यसमा सहयोग गरेपछि कृषि कर्मबाट आफूले राम्रो आम्दानी लिने विश्वास रहेको पुरन बताउँछन् ।