इलाम । आज नेपाली बजारमा सुनको मूल्य बढ्दै नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्दै ९९ हजार ६०० पुगेको छ । शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजावी सुनको मूल्य प्रति तोला ९९ हजार १६० रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।