इलाम । इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दिनदिनै बढ्दै गइरहेको छ । शसस्त्र प्रहरीका १७ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा जम्मा संक्रमितको संख्या ५७ पुगेको छ ।
गण भित्रका जवानमा दिनदिनै संक्रमितको संख्या बढेसँगै इलाममा सुरक्षा निकायबाटै समुदायमा पुग्ने सम्भावना देखिएको छ ।विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब संकलन गरी पठाइएकामध्ये १७ जनामा रिपोर्ट पोजेटिभ आएको शसस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिए ।
यस अघि गणका १० जनामा संक्रमण पुष्टि भईसकेको छ । आज थपिएको नयाँ १७ जनासँगै इलाममा शसस्त्र प्रहरीका जवान मात्रै २७ पुगेको छ ।
एसपी थापाले भने, ‘अब बाँकी ४० जनाको श्वाब संकलनको तयारी भईरहेको छ ।’ पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागी मोरङ स्थित गोठगाउँको कोरोना अस्पताल लाने तयारी भईरहेको छ ।
गणमा आवतजावत भने ठप्प गरिएको छ । सो क्षेत्र पूर्ण रुपमा शिल गर्ने भन्नेबारे भने निर्णय भईनसकेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले बताए ।
संक्रमित पुष्टि भएकाहरु कुन–कुन स्थानमा गस्ती गर्न गएका थिए सो क्षेत्रमा कन्ट्रयाक ट्रेसिङ्ग भईरहेको समेत उनले जानकारी दिए ।


2533 पटक हेरिएको 






