फरार अभियुक्त पक्राऊ

पक्राऊ

  सरलपाटी सम्वाददाता

 499 पटक हेरिएको

इलाम । गएको बिहीबार फरार रहेका अभियुक्त पक्राऊ परेका छन् । अस्पतालको कम्पाउण्डबाट हतकडी खुस्काई भागेका अभियुक्त किरन त्रिखत्री हिजो साँझ पक्राउ परेका हुन् ।

स्वास्थ्य परीक्षणका लागि उनलाई जिल्ला इलाम अस्पताल इलाममा ल्याएकाबेला हतकडी खुस्काई भागेका थिए ।

फरार रहेका त्रिखत्री हिजो साँझ ७ बजे इलाम नगरपालिका– १ पुवाखोलाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । लुकिछिपि बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

पाँचथर कुम्याक गाँउपालिका– १ स्थाई ठेगाना भई हाल इलामको सुर्योदय नगरपालिका– १० फिक्कल डेरा गरी बस्दै आएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार, ३३ वर्षका त्रिखत्री सार्वजनिक नैतिकता बिरुद्धको कसुर अन्तर्गत (अभद्र व्यवहार गर्न नहुने) मुद्दामा दुई दिन अघि पक्राउ परेका हुन् । म्याद थप गर्न स्वास्थ्य परीक्षणका लागि उनलाई इलाम अस्पताल इलाम ल्याइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार