नेपालमा २४ घण्टामा २ सय ७४ जनामा कोरोना सङ्क्रमण

सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ४७ पुग्यो

  सरलपाटी सम्वाददाता

 351 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ७४ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बिहीबार थपिएकासँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या १९ हजार पाँच सय ४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई २७ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १४ हजार दुई सय ४८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा अहिले पाँच हजार दुई सय २७ जना सक्रिय सङ्क्रमित छन् भने १३ हजार दुई सय एक जना क्वरेण्टीनमा छन् । अहिलेसम्म तीन लाख ४५ हजार एक सय एक जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ५१ जनाको ज्यान गएको पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार