अभियुक्तको हत्कडी खुस्केपछी …………

अभियुक्त फरार

  सरलपाटी सम्वाददाता

 821 पटक हेरिएको

इलाम । इलाममा एक अवियुक्त हत्कडी खुस्किएपछि फरार भएका छन् ।स्वास्थ्य परीक्षणको लागि अस्पताल पुर्याइएका उनी हत्कडी खुस्किएपछि फरार भएका हुन् ।

श्रीमतीलाई कुटपिट गरेको अभियोगमा उनी एक दिन अघि पक्राउ परेका थिए । अनुसन्धानमा रहेकाले उनको नाम खुलाउन नमिल्ने जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरिक्षक नविन राईले बताए ।

उनका अनुसार, म्याद थप गर्न  स्वास्थ्य परीक्षणका लागि उनलाई इलाम अस्पताल ल्याइएको थियो । हत्कडी खुकुलो भएका कारण खुस्काएर भागेको भनिएको ती अभियुक्तको खोजी भईरहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार