अलैँचीको मूल्य घट्यो किसान चिन्तित

अलैँची किसानको दुखेसो

  भगीरथ भण्डारी

 283 पटक हेरिएको

इलाम । खोल्साको सुनु अथवा कालो हीरा को उपमा पाएको अलैची किसानहरुको लागि आम्दानीको श्रोत रहेको मानिन्छ । खेर गएको र अन्य केही नफल्ने खोल्सामा उत्पादन हुने भएकोले खोल्साको सुन र सुकाउदा कालो रंगको देखीएपछि निक्कै मुल्यवान भएकाले कालो हिराको उपमा पाएको अनुमान छ ।

तर उत्पादन सुरु भएसँगै निरन्तर ओरालो लागेको अलैंची मूल्यमा गतवर्ष केही वृद्धि भएपछि उत्साहीत बनेका किसानमा निरासा थपिएको थियो । मूल्यमा निरन्तर गिरावटपछि किसान अलैंचीखेतीको विकल्प खोज्न लागेका किसान गत वर्ष मूल्यमा आएको सुधारले केही आशा पलाएपनि लकडाउन भएसँगै मूल्य ह्वात्तै घटेपछि निरास बनेका हुन ।

अघिल्लो वर्ष ३० हजार रुपैयाँमा अलैची बेचेका किसान लकडाउन पछि ह्वात्ते मूल्य घटर २२ हजार भएपछि चिन्तित बनेका छन । अलैची टिप्ने समय शुरु हुनै लाग्दाको मूल्य गिरावटले किसानलाई निरासा बनाएको छ । पटक पटक अलैची खेतीमा रोग लागेर बगान मासिने क्रम र केही बँचेको बगान बाट भएको उत्पादनले पनि उचित मूल्य नपाउँदा अलैची खेती बिकल्प खोज्ने बेला भएको अलैची किसान मूना ढकालको भनाई छ । उनी भन्छिन “शुरुमा अलैची खेतीमा आकर्षण थियो मेहनत पनि गरियो तर कँही कतैबाट पनि रोग नियन्त्रण गर्न सहयो मिलेन । अहिले त मूल्यको कारण पनि अलैचीे खेती नगर्नु जस्तो लाग्छ ” ।

अलैचीको मूल्य शुरु शुरुमा एकलाख हाराहारीमा रहेको थियो । यो मूल्य लामोसमय टिक्न भने सकेन । विचमा २० हजार रुपैयामा पनि किनवेच भएको अलैची गत वर्ष ३० हजार सम्ममा बिक्रि भयो तर लक डाउन पछि अलिे घटेर २२ हजार रुपैयाँ भएको इलाम नगरपालिका ५ विब्ल्याँटेका व्यापारी कृष्ण पौडेल बताउँछन । पौडेल भन्छन ”लकडाउनका कारण बाहिरी बजारमा जान नपाएको कारण पनि मूल्य घटेको हो” अघिल्लो वर्ष ३० हजार लगाएर किनेको अलैची ५० प्रतिसत हामि सँगै छ अहिले २२ हजारमा बेच्नु परेपछि व्यापारी घाटामा रहेको बताउँछन्” ।
नेपालको केहि जिल्लामा मात्र सिमीत हुदाँ अलैचीको मूल्य राम्रो भएको थियो ।

नेपालका अन्य जिल्लामा खेति विस्तार सँगै उत्पादन पनि बढेपछि मूल्य घटेको हो । भारतमा पनि उत्पादन बढ्यो र अलैचीलाइ मसलामा प्रयोग गरिने भएको हुँदा विकशित मूलुकले मसलाका लागी शुकमेल उत्पादन गरेर प्रयोग गरेपछि अलैचीको मूल्य एकनास नभएको अलैची व्यवसाही सँघका अध्यक्ष विजय खाकी बताउँछन ।

इलामका किसान गोविन्द पौडेल भन्छन मूल्यको उतार चडाव र बगानमा रोग लागेकै कारण अलैची किसान मारमा परेका छन” । उनी भन्छन “अलैची क्षेत्रमा काम गर्न आएको देशकै पहिलो अलैची विकास केन्द्रले प्राविधिक सहयोग नभएको गुनासो गर्छन । यता अलैची विकास केन्द्रका प्रमुख पदम अधिकारी भने मूल्य घटबड र बगानमा रोग लागेका कारण किसानमा अलैची खेती प्रति आकर्षण घटेको बताउँछन् ।

नेपालका ४२ भन्दा बढि जिल्लामा अलैची खेती हुने गरेको भएपनि प्रदेश १ का इलाम, धनकुटा, तेह्थुम, ताप्लेजुङ, पाँचथर, संखुवासभा, खोटाङ जिल्लामा धेरै हुने गरेको पाईन्छ । कृषि मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने नेपालमा १८ हजार २ सय ७३ हेक्टरमा अलैची खेती हुने गर्छ । आर्थिक वर्ष २०७५÷०७६ मा नेपालमा ७ हजार ९ सय ५४ मेट्रिकटन अलैची उत्पादन भएको तथ्याङ्क रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार