इलाम । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएअनुसार आइतबार प्रतितोला ९६ हजार ३ सयमा कारोबार भएको सुन एकैदिन १२ सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। तेजावी सुन तोलाको ९७ हजार ६० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज नेपाली बजारमा चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।