इलाम । इलामको माइखोलामा शुक्रबार फेला परेको वेवारिसे शवको सनाखत भएको छ ।सो वेवारिसे शव ईलाम नगरपालिका – ५ का सुमन खत्रीको भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
३० वर्षका खत्रीको शव इलाम नगरपालिका – ८ स्थित माईखोलाको किनारमा शुक्रबार विहान फेला परेको थियो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए ।
वेवारिसे शव शुक्रबार विहान करिब १० बजेर ३० मिनेटमा फेला परेको थियो ।