गजल

  याम लिम्बू

 568 पटक हेरिएको

मित्र भनी छाँद मार्यौ त्यँहा एउटा खोट देखेँ ।
अंगालोमा कसी तिम्ले मलाइ देको चोट देखेँ।

गणतन्त्र ल्याउन भनी आँधी हुरी सँगै छेक्यौं,
ल्याउँदा त्यता माने, यता दर्सनेको बोट देखेँ।

अन्यायलाइ मासौं भन्दै असमान बीज छर्यौ,
मेरो भागमा दु: ख पीडा त्यता नोटै नोट देखेँ ।

सम्बृद्दिको माला जपी हाँगा बिँगा काटिदियौ,
चिप्लो चिप्लो बोलिसँगै रगत चुस्ने ओंठ देखेँ।

बलिदानी लडाइले श्रीपेच अनि राजा फाल्यौं,
तिम्रो सुन्दर पहिरनमा त्यै राजाको कोट देखेँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार