सुनको भाउ घट्यो, चादीको भने यथावत

सुनको भाउ घट्यो

  सरलपाटी सम्वाददाता

 254 पटक हेरिएको

इलाम । सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ ।

सुन आज तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ६ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । यसैबीच भाउ महंगो भएसँगै कारोबार ठप्प जस्तै भएको व्यवसायीको गुनासो छ ।

अहिले किन्न कोही नपुगेपछि बेच्न भने फाट्टफुट्ट जाने गरेका उनीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार