इलाम । इलामका थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सुर्योदय नगरपालिकाको करफोक माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेका दुई जनामा मंगलबार संक्रमण पुष्टि भएको हो ।
२५ र २६ वर्षका संक्रमित दुई महिलासँगै इलाममा हालसम्म १६ जनामा संक्रमण पुष्टि भएको इलाम कोभिड–१९ फोकल पर्सन विमल बरालले जानकारी दिए । संत्रमित महिलाद्धय गएको असार २३ गते भारतको ब्याङलोरबाट नेपाल आएका थिए ।
संक्रमितलाई मोरङ्ग जिल्ला गोठगाँउको पूर्वाञ्चल विश्वविद्यालयमा रहेको कोरोना अस्पताल लगिएको छ । हालसम्म जिल्लाका छ पालिकामा संक्रमण देखिएको छ ।
जसमा सुर्योदय दश, इलाम दुई, देउमाई, माई नगरपालिका, सन्दकपुर र रोङ्ग गाउँपालिकामा एक–एक जना संक्रमित छन् । हालसम्म संक्रमित मध्ये दश जना निको भएर घर फर्किएका छन् ।