इलाम । इलाममा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । रोङ्ग गाउँपालिकाको शान्ति निकेतन माध्यमिक विद्यालय कुटीडाँडाँमा बनाइएको क्वारेन्टाइनमा रहेका एक जनामा शुक्रबार संक्रमण पुष्टि भएको हो ।
संक्रमित एक पुरुषसँगै इलाममा हालसम्म १४ जनामा संक्रमण पुष्टि भएको इलाम कोभिड–१९ फोकल पर्सन विमल बरालले जानकारी दिए ।संक्रमित पुरुष गएको असार १८ गते भारतको ब्याङलोरबाट नेपाल आएका थिए ।
संक्रमितलाई मोरङ्ग जिल्ला गोठगाँउको पूर्वाञ्चल विश्वविद्यालयमा रहेको कोरोना अस्पताल लगिएको छ । गएको असार २१ गते १९ जनाको स्वाव संकलन गरी परीक्षण गर्न पठाइएका मध्ये एक जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
हालसम्म जिल्लाका छ पालिकामा संक्रमण देखिएको छ । जसमा सुर्योदय आठ, इलाम दुई, देउमाई, माई नगरपालिका, सन्दकपुर र रोङ्ग गाउँपालिकामा एक–एक जना संक्रमित छन् । हालसम्म संक्रमित मध्ये आठ जना निको भएर घर फर्किएका छन् ।


341 पटक हेरिएको 






