इलाम । इलाममा ट्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । जिल्लाको माइ नगरपालिका–१ स्थित पालटारमा खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा विहीबार दुई जनाको ज्यान गएको हो ।
दुर्घटनामा माइ नगरपालिका १ का नितेश गिरी र ट्याक्टर चालक माइ नगरपालिका ८ का सुजन विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
११ वर्षका गिरी र २१ वर्षका विश्वकर्मालाई उपचारका लागि झापाको विएण्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए ।