इलाम । यस वर्षको जसोदा स्मृति पुरस्कार कवि तथा चिन्तक देवेन्द्र सक्तेनलाई प्रदान भएको छ । इलाम र पाँचथरको सीमावर्ती क्षेत्र राँकेका साहित्यकार सक्तेनको साहित्यिक पुरस्कार प्रदान गरिने भएको हो ।
भानु प्रतिभा प्रतिष्ठानले प्रदान गर्ने यस पुरस्कार ११ हजार दुई सय ५० रुपैयाँको रहेछ । सक्तेलले ‘दन्त्यकथाको देश’लगायतका कृतिको चना गर्नुभएको छ ।
तीन बर्ष यता इलामबाट प्रदान गरिदै आएको यो पुरस्कार पहिलो बर्ष अन्वेष थुलुङ र दोस्रो बर्ष बालिका थपलियालाई प्रदान गरिएको हो । प्रत्येक बर्ष भानु जयन्तीको अवसरमा यो पुरस्कार प्रदान गरिन्छ ।