नेपालमा सङ्क्रमितको सङ्ख्या १५ हजार सात सय ८४ पुग्यो

पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना पुष्टि

  सरलपाटी सम्वाददाता

 252 पटक हेरिएको

काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार पाँच सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप दुई सय ९३ जनामा सङ्क्रमण देखिएपछि नेपालमा सङ्क्रमितको सङ्ख्या १५ हजार सात सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये ६ हजार पाँच सय ४७ जना निको भएर घर फर्किएको र ३४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

त्यस्तै अहिले आइसोलेशनमा रहेका सङ्क्रमितको सङ्ख्या नौ हजार दुई सय तीन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार