इलाम । इलाममा शनिबार थप एक जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्लाको देउमाई नगरपालिका ८ नवमीको जीतपुर माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेको २६ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
आज एक जना थपिएसँगै संक्रमितको संख्या ११ पुगेको छ । संक्रमित पुरुष गएको असार १३ गते कतारबाट आएर क्वारेन्टाइनमा बसेको पालिका प्रमुख सूर्य पोख्रेलले जानकारी दिए ।पोख्रेलका अनुसार, उनलाई मोरङ जिल्ला गोठगाँउको पुर्वाञ्चल विश्वविद्यालयमा रहेको कोरोना अस्पताल लगिएको छ ।
गएको असार १४ गते स्वाव संकलन गरी परिक्षण गर्दा सँगै बसेका दुई मध्ये एकमा भने पोजेटिभ देखिएको हो । यस पटक नेगेटिभ रिर्पोट आएको व्यक्तिको पुनः दोस्रो पटक परीक्षण गरेर मात्र घर पठाइने प्रमुख पोख्रेलले जानकारी दिए ।
संक्रमित ११ मध्ये हालसम्म २ जना निको भएर घर फर्किसकेका छन् ।