इलाम । इलामको सुर्योदय नगरपालिका स्थित पशुपतिनगर नाकामा ९० बोरा अवैद मल सहित तीन वटा पिकअप नियन्त्रणमा लिइएको छ । सो पिकअपलाई भारतबाट अबैध रुपमा मल बोकेर नेपाल भित्रने क्रममा नाकामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलिले उक्त सामान बरामद गरेको जिल्ला सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले बताए ।
उनले भने, ‘प्रहरी टोलिले सुर्योदय नगरपालिका – ३ कटेबुङमा भारतबाट आउदै गरेको बा १७ च ८४३४, मे १ च ९८६ र बा १८ च ९७२ नम्बरको गाडीहरु चेकजाँचका क्रममा सो गाडीभित्र लुकाई छिपाई याराभेरा नामको ९० बोरा मल नेपाल ल्याउदै गरेको अवस्थामा पाइएको हो ।
प्रहरीले नियन्त्रण गरेको सवारी साधन र चालकलाई आवश्यक कारवाहीका लागी भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाईएको छ । चालकमा सुर्योदय नगरपालिका –३ का अंकित कार्की, अभिषेक खवास र अमर यल्मो रहेका छन् ।