सुन तोलाको पाँच सयले घट्यो

अब घट्यो घट्यो

  सरलपाटी सम्वाददाता

 234 पटक हेरिएको

इलाम । शुक्रबार सुन प्रतिलोला पाँच सय रुपैयाँले घटेको छ। बिहिबारको मूल्यको तुलनामा शुक्रबार तोलामा पाँच सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार प्रतितोला छापावाल ९० हजार ५ सयमा कारोबार भएको छ भने बिहीबार तोलाको ९१ हजार रुपैयाँ कायम भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको भाउ प्रति तोला १० रुपैयाँले घटेको छ। बिहीबार तोलाको ९ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज ९ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ९० हजार ६५ रुपैयाँ कायम भएको छ। बिहीबार तेजावी सुनको मूल्य तोलाको ९० हजार ५ सय ६५ रुपैयाँ निर्धारण भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार