इलाममा पनि सहल

सलह किरा

  सरलपाटी सम्वाददाता

 871 पटक हेरिएको

इलाम । इलाममा पनि सलह किरा देखिएको छ । सुर्योदय नगरपालिका १ गोर्खेको तल्लो भेगमा लगाएको बालीमा विहीबार दिउसो सलह किरा देखिएको हो । फेद कटुवा किराले बाली सप्रन नदिएको समयमा सलहको समेत प्रकोप देखिन थालेपछि स्थानिय चिन्तित भएका छन् । लगाइएका बाली मध्ये चिया, इस्कुस र मकैको बोटमा सलह किरा भेटिएको नगरको कृषि शाखा प्रमुख नारायण लम्सालले बताए ।

पालिकाको तल्लो भेगमा सलह किरा देखियो भनेर किसानले खबर गरेकाले शाखाको टोली फिल्डमा जादाँ सलह किरा पालिकामा भेटिएको उनले बताए । उनका अनुसार, ‘सलहले चिया, इस्कुस र मकैका बोटमा न्युन क्षति पु¥याइएको पाइएको छ ।

इलाम भारतसँग सीमा जोडिएको जिल्ला हो । केही समय अघि छिमेकी दार्जिलिङमा सलह देखिएको कारण रुङसुङ खोलाको किनार हुदै इलाम प्रवेश गरेको हुन सक्ने शाखा प्रमुख लम्सालको भनाई छ । सलहको यो झुन्ड विहीबार करिब एक घण्टा एक हुल देखिएको स्थानिय किसानले बताए ।

इलाममा सलहको ठूलो झुण्ड नआई पुगेकाले बालीनालीमा त्यति क्षति पु¥याउन नसक्ने शाखा प्रमुख लम्सालले बताए । साथै उनले किसानलाई चिन्तित नहुन आग्रह समेत गरेको बताए । अहिले सिमित क्षेत्रमा देखा परेको छ । पछिल्लो समय पनि बालीमा सलह किरा देखा परेमा तत्काल नगरमा सम्पर्क गर्न पालिकाका १४ वटै वडामा सूचना पठाइएको उनले जानकारी दिए ।

नगरमा सहल एक हजारसम्मको सख्यामा देखा परेको जानकारी कृषि ज्ञान केन्द्र इलाममा गराइएको छ । यो सँगै प्रदेश नम्बर १ को कृषि विकास निर्देशनालय विराटनगरमा पनि सूचना दिइएकाले सलहको झुण्ड बढ्दै गएमा समाधानका लागि सबैबाट सहयोग र सल्लाह मिल्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार